Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको बैंकिङ सुरक्षा टिप्स, यसरी गर्नुस् सुरक्षित डिजिटल बैंकिङ

6.31K
shares

काठमाडौं, १९ कात्तिक । सिटिजन्स बैंक इन्टसनेसनलले बैंकिङ सुरक्षाका लागि भिडियो टिप्स सार्वजनिक गरेको छ । सर्वसाधारणहरुका लागि कसरी सुरक्षित रुपमा डिजिटल बैंकिङ प्रयोग गर्ने भनेर बुझ्न सहज हुने गरी बैंकले भिडियो बनाएर सार्वजनिक गरेको हो ।

पछिल्लो समय डिजिटल बैंकिङले बैंकिङ कारोबारलाई सहज बनाइरहेको छ । सहजतासँगै डिजिटल बैंकिङ कारोबारमा सुरक्षाका केही चुनौतीहरु समेत छन् । ति चुनौतीबाट कसरी जोगिने भन्ने कुरा सटिजन्सले बनाएको भिडियो हेरेर प्रष्ट हुन सकिन्छ ।

कसरी गर्ने डिजिटल बैंकिङ कारोबार ?
१. अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक वेवसाइटबाट मात्रै प्रयोग गर्ने र आधिकारिक एप मात्रै डाउनलोड गर्नुपर्छ ।
२. अनलाइन बैकिङ प्रयोग गर्ने ल्यापटम, मोबाइल वा कुनैपनि ग्याजेटलाई पासवर्ड, पिन, प्याटन वा बायोमेट्रिकले अनिवार्य लक गर्ने गर्नुपर्छ ।
३. अनलाइन बैंकिङको युआरएल सधै टाइप गर्नुपर्छ । कहिल्यै पनि इमेल वा अन्य हाइपर लिंक क्लिक गर्ने गर्नु हुँदैन ।
४. अनलाइन बैंकिङका लागि मल्टिफ्याक्टर अथेटिकेशन जस्तै टु फ्यक्टर अथेटिकेशन, मोबाइल नंम्बर, ओटिपी, फिंगर प्रिन्ट आदीको प्रयोग गर्नुपर्छ ।
५. सबै किसिमका अलर्ट सेवाहरु लिनुपर्छ त्यसले तपाइको खातामा हुँने कुनै पनि किसिमको गतिविधिको सूचना तुरुन्तै दिने गर्दछ ।
६. आफ्नो बैंकका स्टेटमेन्ट समय समयमा चेक गरिरहनुपर्छ र आफ्नो बैंक अकाउन्ट पासवर्ड, पिनकोर्ड, सिभिसी, ओटीपी, एमपिन कसैलाई कहिल्यै कुनैपनि माध्ययमबाट दिनुँहुँदैन । चाहे त्यसले बैंकको कर्मचारी नै हुँ भनेर फोन किन नगरोस् ।
७. अनलाइन बैंकिङको लागि बलियो पासवर्डको प्रयोग गर्नुपर्छ र बेलाबेलामा परिवर्तन गरिरहनुपर्दछ ।
८. पासवर्ड कुनैपनि ब्राउजर इत्यादीमा सेभ गरेर राख्नु हुँदैन ।
९. सार्वजनिक वाइफाइबाट मोबाइल बैंकिङ र अनलाइन बैंकिङको प्रयोग गर्नु हुँदैन । यदि गरिहालेमा लग आउट साइन आउट भए नभएको डबल चेक गर्नुपर्छ ।
१०. अनि आफ्नो मोबाइल बैंकिङ एपलाई सधैं अप टु डेट राख्ने र कुनैपनि शंकास्पद गतिविधि देखिएमा आफ्नो बैंकलाई खबर गरिहाल्नु पर्दछ ।
११. एटिएम कार्ड हराएको खण्डमा तुरुन्तै बैंकमा सम्पर्क गरी कार्ड ब्लक गर्न लगाउँनुपर्छ ।
१२. बैंकका कर्मचारीहरुले कहिल्यै पनि कुनै माध्ययमबाट ओटिपी, ट्रान्जेक्सन पिन लगायत खातावालाको बैंकिङ विवरण माग्दैनन् । यदि कसैले माग्छ भने त्यो सरासर ठगी हो ।