Dhulikhel Eco Banner new

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्काे निर्णय

3.91K
shares

काठमाडौं, १९ कार्तिक । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको स्वार्थ्यमन्त्री बस्नेतले जानकारी दिए । खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी दिँदै उनले भने, ‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने छ ।’