काठमाडौंमा एसिया स्तरीय बैंकिङ सम्मेलन हुने, २५ देशका बैंकर्सकाे सहभागिता पक्का
वि.सं.२०८० कात्तिक २० सोमवार १५:५७
10.05K
shares
shares

काठमाडौं, २० कात्तिक । आगामी बिहीबारदेखि काठमाडौंमा एसिया स्तरीय बैंकिङ सम्मेलन हुने भएको छ । बैंकर्स संघकाे आयाेजनामा हुने सम्मेलन २ दिनसम्म चल्नेछ । सम्मेलनमा एशियाली क्षेत्रकाे बैंकिङकाे वर्तमान अवस्था र आगामी बाटाे लगायका विषयमा छलफल हुनेछ ।
बैंकर्स संघका अध्यक्ष सुनिल केसीका अनुसार २५ देशकाे सहभागीता हुनेछ । हालसम्म विभित्र देशका ७० जना बैंकर्सले सहभागीता जनाउने प्रतिवद्धता जनाएको अध्यक्ष केसीले बताए । उनका अनुसार केही पाहुनाहरु काठमाडौं झरिसकेका छन् ।



















