युवा संघ र दुर्गा प्रसाईंका समर्थकबीच बल्खुमा झडप
वि.सं.२०८० मंसिर ७ बिहीवार १२:४३
6.79K
shares
shares

काठमाडौं, ७ मंसिर । बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रसाई पक्षलाई बल्खुमा कार्यक्रम गर्न दिएको थियो भने युवा संघलाई भने तीनकुनेमा दिएको छ।














