घलेम्दी हाइड्रोको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
वि.सं.२०८० मंसिर १० आइतवार ११:२२
shares

काठमाडौं, १० मंसिर । घलेम्दी हाइड्रो लिमिटेडले आज देखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाडफाडपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।



















