काठमाडौं महानगरपालिकाका बासिन्दालाई प्राथमिकतामा राख्दै महानगरले माग्यो २३० कर्मचारी
वि.सं.२०८० मंसिर १६ शनिवार १२:०६
shares

काठमाडौं, १६ मंसिर । काठमाडौं महानगरपालिकाले करारमा २३० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। महानगरले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन तथा परिचय पत्र वितरण गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो ।
सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ दिइने महानगद्धारा जारी सुचनामा उल्लेख छ । सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने छ ।
इच्छुक व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् भने तथ्यांक संकलन गर्दा ट्याबलेट प्रयोग गर्नुपर्ने छ । अन्तरवार्ताबाट सुपरिवेक्षक र गणक छनोट गर्ने सुचनामा उल्लेख छ ।
काठमाडौं महानगरपालिकाका बासिन्दाले प्राथमिकता पाउने छन् । उम्मेद्धार १८ वर्ष नाघेको र ४० वर्ष ननाघेको हुनुपर्ने सुचनामा उल्लेख छ ।



















