Dhulikhel Eco Banner new

सेयर बजारमा दोहोरो अंकको सुधार

4.03K
shares

काठमाडौँ, १८ पुष ।  सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक २७.९० अंकले बढ्दा परिसूचक २०५८ बिन्दु कायम भएको छ । ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर ४५ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक ४.२३, विकास बैंक ४३.७२, वित्त ३०.९५, होटल १४७.६१, जलविद्युत ७१.५१, जीवन बीमा ८१.८८, उत्पादन तथा प्रशोधन १२३.६६, माइक्रोफाइनान्स २०.९२, निर्जीबन बीमा २२१.४१, अन्य २३.६०, ट्रेडिङ समूहको उपसूचक ५.०२ अंकले बढेको छ ।