Dhulikhel Eco Banner new

एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता आइपिओ जारी गर्ने

3.34K
shares

काठमाडौँ, १८ पुष । एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।

कम्पनीले हाल ओखलढुंगाको खिजीदेम्बा,सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिका भई बहने बुकुखोलाको पानी उपयोग गरेर ६ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ । दुई कम्पनीसँग सम्झौता भएको थियो।

सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आङतेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरे। कम्पनीको आइपिओ पूरै बिक्री नभए मुक्तिनाथ क्यापिटलले सकार्ने सम्झौता भएको छ।