बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी सर्वसम्मत (सूचीसहित)
वि.सं.२०८० पुस २२ आइतवार ०९:५६
shares

काठमाडौँ, २२ पुस । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिको अध्यक्षमा गणेश अधिकारी सर्वसम्मत नितर्वाचित भएका छन् । अधिकारीसँगै ३२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन भएका हुन् ।
काठमाडौँको राष्ट्रिय सभागृहमा शनिबार भएको विशेष अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल, उपाध्यक्षहरुमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रेशम सिंह ठकुरी, जुहारी चौलागाई र देवी प्रसाद जैसी रहेका छन् ।
त्यस्तै, सचिवमा तेजमणि शर्मा, सह सचिवमा यदुनन्द भण्डारी, सोमनाथ लुइटेल र महिला सह सचिवमा गीता कार्की काफ्ले निर्वाचित भएकी छिन् । त्यस्तै, कोषाध्यक्ष बिमला ढकाल आम्गाई, सह कोषाअध्यक्षमा लिला अधिकारी, छिन् ।
विशेष अधिवेशनको उद्घाटन सत्र कानुन मन्त्री धनराज गुरुङले गरेका थिए । बीमा अभिकर्ताको हित र पेशागत मर्यादा कायम गर्दै अघि बढ्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

पूर्ण कार्य समिति
अध्यक्षः गणेश अधिकारी
बरिष्ठ उपाध्यक्षः बद्रिनाथ ढकाल
उपाध्यक्षहरुः ओम प्रसाद ओली,
किशोर राउत कमकर,
रामचन्द्र बन्जाडे,
रामशरण पोखरेल,
रेशम सिंह ठकुरी,
जुहारी चौलागाई
देवी प्रसाद जैसी
सचिवः तेजमणि शर्मा
सह सचिवः यदुनन्द भण्डारी,
सोमनाथ लुइटेल
महिला सह सचिवः गीता कार्की काफ्ले
कोषाध्यक्षः बिमला ढकाल आम्गाई
सह कोषाअध्यक्षः लिला अधिकारी
निर्वाचित कार्य समितिका सदस्यहरुः
१, नरेन्द्र कुमार संग्रौला,
२, सन्तोष शर्मा,
३, राम बहादुर ओली,
४, दामोदर सापकोटा,
५, जानकी बोहरा बिष्ट,
६, नरेन्द्र प्रसाद जोशी,
७, राज कुमार शर्मा,
८, कमल प्रसाद सुवेदी,
९, कृष्ण बहादुर रिमाल,
१०, शान्ता पाण्डे,
११, सरोज शिवाकोटी,
१२, मोहन सुन्दास,
१३, महानन्द सिटौला,
१४, गोबिन्द प्रसाद भट्टराई,
१५, अनिता राई,
१६, झविन्द्र भट्टराई
१७, तारा दाहाल अधिकारी














