Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत गर्ने

3.03K
shares

काठमाडौं, २३ पुस । महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत गर्ने भएको छ ।

बँगैचा मर्मत गर्ने महालक्ष्मीस्थान व्यवस्थापन समिति र बैंकबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

बैंकले २०७७ सालमा बँगैचाको पुनः निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आईरहेको छ । बैंकले इच्छुक दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान÷भेटी दिन क्युआर कोडको व्यवस्था गरेको छ ।

समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंककासंस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीबीच सहमति भएको थियो । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।