महालक्ष्मी विकास बैंकको विभिन सामाजिक कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस २३ सोमवार १६:५४
shares
बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान
काठमाडौं, २३ पुस । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए ।
त्यसैगरि बैंकको गोगंबु शाखाद्वारा काठमाडौं महानगरपालिका–२६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरिएको छ । पुस्तकालयमा पुस्तक खरिद गर्न बैंकले सहयोग गरेको हो । गोगंबु शाखाका प्रमुख अमिता बगालेले समितिका अध्यक्ष सुर्यमणि पौडेललाई ३० हजार रुपैया बराबरको चेक दिएका थिए ।

बैकको बसुन्धरा शाखाद्वारा टोखा नगरपालिका–४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर दिएको छ । मन्दिरमा नियमित रुपमा २ वटा हलमा भजन किर्तन गर्ने उफर दिएको हो । बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तानतरण गरेका थिए ।
















