सन्राइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु, अध्यक्षको जिम्मेवारी सापकोटालाई
वि.सं.२०८० पुस २३ सोमवार १७:०६
shares

काठमाडौं, २३ पुस । सन्राइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि. एक आपसमा गाभिई आजको मितिबाट एलएस क्यापिटलको रुपमा एकीकृत कारोबार सुरु गरेको छ ।
मर्जर पश्चात राजिव सापकोटाले अध्यक्ष बनेका छन् भने बिजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी पाएका छन् ।
क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति पाएको थियो ।
आज कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजित एक समारोहमा साबिक लक्ष्मी क्यापिटलका अध्यक्षसुमेद भट्टराई र सनराइज क्यापिटलका अध्यक्ष अपछ कुमार यादवले एकिकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका छन् ।
मर्चेण्ट बैंकको एकीकृत चुक्ता पुँजी मर्जर पश्चात ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्काशन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्काशन र ५२ वटा शेयर प्रत्याभुति व्यवस्थापन गरिसकेको छ ।
साथै, ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरीसकेकोमा हाल १ खुल्लामुखी म्युचुअल फण्ड सहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आईरहेको जस अन्तर्गत ७ अरबको सम्पत्ती व्यवस्थापन भईरहेकोे, ३२ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ ।















