Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंंकको २२ औँ साधारणसभा सम्पन्न, ६.४० प्रतिशत नगद लाभांश पारित

5.54K
shares

काठमाडौँ, २८ पुस । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आज शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

सथै, आ.व. २०७९÷८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित, विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०८०÷८१ मा बैंकको लेखापरिक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।