ह्वाट्समा गभर्नरको नाम र फोटो राखि बैंकका कर्मचारीलाई ८० हजार पठाउन म्यासेज
वि.सं.२०८० पुस २९ आइतवार १५:३७
shares
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
काठमाडौँ, २९ पुस । ह्वाटसमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र फोटो दुरुपयोग गरेको पाइएको छ । उक्त एकाउन्टबाट बैंकका कर्मचारीलाई ८० हजार रुपैयाँ हालिदिन समेत भनिएको छ ।
आफू अहिले एक मिटिङमा रहेकाले अनलाइन कारोबार गर्न सक्ने अवस्थामा नरहेको र आफूले भनेको एक खातामा ८० हजार रुपैयाँ पठाउन म्यासेजमा आग्रह गरिएको छ ।
अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्स एप खाता संचालन गरिएको भन्दै राष्ट्र बैंकले सरोकारवाल सबैको ध्यानकर्षण गराएको छ ।
गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गर्दै खोलिएको ह्वाट्सएप खाताबाट विभिन्न व्यक्तिहरुसँग संवाद गरेकोे भन्दै राष्ट्र बैंकले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
राष्ट्र बैंकका अनुसार ९८१४४८६४४९ नम्बरको दुरुपयोग गर्दै गभर्नर अधिकारीको नक्कली ह्वाट्स एप खाता बनाइएको छ।









