Dhulikhel Eco Banner new

सिबिआईएल सेक्युरिटिजको प्रथम बार्षिक साधारणसभा सम्पन्न

3.55K
shares

काठमाडौँ, २९ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको साहयक कम्पनी सिबिआईएल. सेक्युरिटिज लिमिटेडको प्रथम बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभा कम्पनीका संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७९÷८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । संचालक समितिमा ४ जना संचालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य, र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल.ले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ ।

सिटिजन्स बैंकका १९० शाखा, १५१ ए.टि.एम. र ९७शाखा रहित बैंकिङ्ग ईकाईबाट १७ लाख भन्दा बढी ग्राहक छन् ।