रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
वि.सं.२०७९ जेठ १५ आइतवार १४:१८
shares

काठमाडौं, १५ जेठ । प्रभु क्यापिटल लिमिटेड (PBCL) रिभर फल्स पावर लिमिटेड (RIVER)को शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नकोलागि रिभर फल्स पावर र प्रभु क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावरले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।
कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ४ गते सम्म सर्वसाधारणलाई प्राथमिक शेयर निश्कासन गरी जेष्ठ ९ गते बाँडफाँड सम्पन्न गरेको हो ।

















