Dhulikhel Eco Banner new

निफ्राको नाफा ६८ करोड ९९ लाख, नाफा ९.९४ प्रतिशत कम

4.15K
shares

काठमाडौं, ७ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवराण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण आनुसार बैंकले ६ महिनाको अवधिमा ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले गत आवको ६ महिनाको अवधिमा ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अर्थात चालु आवको ६ महिनामा गत आवको ६ महिना भन्दा ९.९४ प्रतिशत कम नाफा कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी २.८३ प्रतिशत बढेको र खुद फि तथा कमिशन आम्दानी ५१.२९ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६ महिनाको अवधिमा २.३६ प्रतिशत बढेको र सञ्चालन मुनाफा ९.९६ प्रतिशत घटेको छ। पुस मसान्त सम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड २५ लाख रुपैयाँबाट बढेर १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ रहको छ।

६ महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७१ पैसा घटेर ६ रुपैयाँ ३९ पैसामा झरेको छ। त्यसैगरी, ६ महिनाको अन्यमा बैंकको मूल्य आम्दानी अनुपात ३५।०६ गुणा र प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। ६ महिनामा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।