Dhulikhel Eco Banner new

उदयपुरको २ सहकारीमा एकै प्रकृतिको चोरी

8.71K
shares

काठमाडौं, १० माघ । उदयपुरको २ वटा सहकारीमा चोरी भएको छ । उदयपुरको बेलका नगरपालिका–९ को सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बेलकाकै महिला साना किसान तथा कृषि सहकारीमा मगलबार चोरी भएको हो ।

सहयोगी सहकारीको भुइ तलाको झ्याल फुटाइए सहकारीमा प्रवेस गरेको सहकारीले जनाएको छ । झ्याल फुटाएर भित्र पसि सिसी क्यामराको स्टोरेज गर्ने मेसिन चोरी भएको सहकारीका अध्यक्ष गणेश बस्नेतले जनाकारी दिएका छन् ।

सहकारीमा अन्य सामान र नगद भने सुरक्षित रहेको अध्यक्ष बस्नेतको भनाई छ ।

‘हामीले प्रहरीलाई खबर गरेका छौँ, दुवै सहकारीमा एकै प्रकृतिको चोरी भएको देखिन्छ’, अध्यक्ष बस्नेतले केटिएम भ्वाइसँग भने, ‘दुवै सहकारीमा नगद र अन्य सामान भने सुरक्षित छ ।’

साना किसानको भने ताल्चा मात्र फुटाएको प्रहरीले जनाएको छ । प्रहरीले भने चोरीको प्रयास मात्र भएको बताएको छ । इलाका प्रहरी कार्यालय बेलका रामपुरका प्रमुख इनिस्पेक्टर ऋषिराम ढकालका अनुसार प्रमाण लुकाउनका लागि सिसी म्यामराको फुटेज स्टोरेज गर्ने चोरी गरेको हुन सक्ने बताउँछन् ।

‘हिजोको घट्ना हेर्दा चोरीको प्रयास भएको छ, नगद नभेटिपछि अन्य सामानहरु पनि चोरी भएको छैन’, ढकालले केटिएम भ्वाइससँग भने, ‘प्रमाण लुकाउनलाई क्यामराको चिप्स(स्टोरेज) चोरी गरेको हुन सक्छ ।’

सहयोगी सहकारीमा सुरक्षा गार्ड पनि खटिएको अवस्था थियो । सुरक्षा गार्ड खटिएको अबस्थामा पनि चोरीको प्रयार भएको प्रहरीले जनाएको छ । सुरक्षा गार्डलाई पनि बोलाएर सोधपुछ गरिरहेको ढकालले जानकारी दिएका छन् । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।