प्रभू महालक्ष्मी लाइफको निमित्त सीईओमा प्रसाईं
वि.सं.२०८० माघ ११ बिहीवार ११:२१
8.59K
shares
shares

काठमाडौं, ११ माघ । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि निमित्त सिईओको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् ।
बुधबारको बैठकले सञ्चालक समितिको बैठकले सिईओ भट्टराई राजीनामा स्वीकृत र प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी दिएको हो ।
साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेको थियो । प्रसाई साविकको प्रभू लाइफका सिईओ थिए । मर्जर पछि भट्टराई सिईओ भएका थिए ।



















