Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकको सिईओमा दिपेश लम्साल नियुक्त

4.13K
shares

काठमाडौं, २५ माघ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन्। मंगलबार बसेको सञ्चालक समितिको निर्णयले लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो।

बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए।

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैकिङ अनुभव छ।