Dhulikhel Eco Banner new

‘बचतकर्ताको सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो’

5.92K
shares

काठमाडौं, ५ फागुन । बचतकर्ताको सुरक्षा गर्नु सबैको कर्तव्य भएको अर्थमन्त्री डा प्रकासशरण महतले बताएका छन् । चौथो राष्ट्रिय लघुवित्त सम्मेलमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा महतले यस्तो बताएका हुन् ।

‘बचत कर्ताको सुरक्षा गर्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो’, महतले भने, ‘जसले ऋण लिएका छन्, त्यसको सदुपयोग गर्ने हो र ऋण लिएपछि फिर्तागर्ने दायित्व पनि उहाँहरुको छ ।’

लघुवित्तले महिलालाई उद्यमि बनाउन महिला शसक्तिकरणको विषयमा राम्रो काम गरिरहेको महतको भनाई थियो । अहिले राजीनिज्ञ हैसियत पाउने उद्देश्यले केही व्यक्ति लघुवित्तको विरुद्धमा लाग्न खोजेको र त्यस्ता व्यक्तिलाई सबैले मिलेर निरुत्साहित गर्नुपर्ने महतको भनाई थियो ।

लघुवित्तलाई नाफा कमाउने मात्र यन्त्र बनाउने र त्यो अनुरुप नियम विवरित जान खोज्नेलाई सरकारले कारबाही गर्ने र त्यस्ता व्यक्तिलाई सबैले निरुत्साहित गर्नुपर्ने महतको भनाई थियो । लघुवित्तमा देखिएको समस्या समाधान गर्ने सरकार तयार रहेको समेत महतले बताए ।

चौथो लघुवित्त सम्मेलनको शुभकामना दिदै महतले भोलिका दिनमा अझ शशक्त भएर का मगर्ने लघुवित्तलाई आग्रह समेत गरेका थिए ।

Follow Up

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु (फोटोफिचर)

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु (फोटोफिचर)

‘लघुवित्तको निष्कृय कर्जा ६.३२ प्रतिशत रहेको छ’

‘लघुवित्तको निष्कृय कर्जा ६.३२ प्रतिशत रहेको छ’

सांसद मण्डलको प्रस्ताव : लघुवित्तको शेयर आफ्ना सदस्यलाई मात्रै किन्न दिऔँ

सांसद मण्डलको प्रस्ताव : लघुवित्तको शेयर आफ्ना सदस्यलाई मात्रै किन्न दिऔँ