सत्ता समीकरण परिवर्तनको खबरले नेप्सेमा उछाल, ११७.१० अंकले बढेर बन्द भयो बजार
वि.सं.२०८० फागुन २१ सोमवार १२:३६
shares

काठमाडौं, २१ फागुन । नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा तेस्रो सक्रिट ब्रेक लागेको छ । नेप्सेले नयाँ सत्ता समीकरणलाई खुलेर स्वागत गरेको देखिएको छ ।
सोमबार नेप्सेमा तेस्रो सक्रिट ब्रेक लागेर ६ प्रतिशतले बढेर सोमबारको लागि कारोबार बन्द भएको छ ।
पहिलो ३ मिनेट ३० सेकेण्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो । बजार खुलेको १ मिनेटमा पूनः दोस्रो सक्रिट ब्रेक गरेर नेप्से सूचक ५ प्रतिशतले बढ्यो र ४० मिनेटका लागि बजार बन्द भयो ।
दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि बजार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेयो र तेस्रो सक्रिट ब्रेक लाग्यो । अनि सोमबारको लागि कारोबार नै बन्द भयो ।
तेस्रो सक्रिट ब्रेक लाग्दा नेप्से ११७.७० अंकले बढेर २९७८ विन्दुमा कायम भएको छ । आज तेस्रो सक्रिट ब्रेक लागेर बजार बन्दा हुँदा २३० कम्पनीको शेयर बढेको छ भने २ कम्पनीको शेयर घटेको छ ।
आज नेप्सेमा लिस्टेट सबै कम्पनीको कारोबार भएको छ । थोरै समय बजार खुल्दा पनि ३ अर्ब ७५ करोड २१ लाख बराबारको ९३ लाख ४९ हजार ९१९ कित्ता शेयर किनबेच भएको छ ।
आज ४१ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सक्रिट लागेको छ ।















