साताको पहिलो दिन २२.१० अंकले बढ्यो नेप्से, कारोबार कति ?
वि.सं.२०८० फागुन २७ आइतवार १५:०५
shares

काठमाडौं, २७ फागुन । आज आइतबार साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१० अंकले बढेको छ । आज १.०८ प्रतिशतले नेप्से बढेर २०५२.६५ विन्दुमा कायम भएको छ ।
आज भएको करोबार मध्ये १९४ कम्पनीको शेयर बढेको छ भने ४६ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबारको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर किनबेच भएको छ ।
आज जाल्पा सामुदायिक र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सक्रिट हानेको छ ।
आज भएको करोबारमा १३ उपसमुह मध्ये एउटाको मात्र शेयर मूल्य घटेको छ भने अन्य सबैको शेयर मूल्य बढेको छ । आज हाइड्रोपावर समूहको शेयर मूूल्य ०.१२ प्रतिशतले घटेर २५६७.४८ विन्दुमा पुगेको छ ।
आज सब इन्डेक्सको शेयर मूल्य सबैको बढेको छ ।















