Dhulikhel Eco Banner new

नयाँ स्टक लाइसेन्स रोक्न मेरो भुमिका थिएन : निवर्तमान अर्थमन्त्री महत

4.02K
shares

काठमाडौं, २९ फागुन । नयाँ स्टक लाइसेन्स रोक्न आफ्नो भुमिका नभएको निवर्तमन अर्थमन्त्री डा प्रकाशरण महतले बताएका छन् । महतले कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

आफुले सबै काम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अनुसार नै गरेकाले आफ्नो भुमिका नरहेको बताएका हुन् । ‘प्रधानमन्त्री ज्यूले नै अहिलेलाई बन्द गर्ने भन्नु भएको होइन’, महतले भने, ‘थप अध्ययन गरेपछि मात्र नयाँ कम्पनीलाई जोड्ने भनेर उहाँ(प्रधानमन्त्री)ले भन्नु भएको हो ।’

आदालतले केही अगाडि नै खोलिसकेको र संसदले पनि खोलेपछि नयाँ लाइसनको विषयले चर्चा पाएको महतको भनाई छ । ‘उहाँहरुको भनाई के थियो भने अर्थ मन्त्रालयले यो प्रस्ताव ल्याईदियोस् भन्ने थियो’, महतले भने, ‘हाम्रो भनाई अर्थ मन्त्रालयले त रोक्ने नरोक्ने हामीले निर्णय गरेको छ र ? यो त सेवन(धितोपत्र बोर्ड)ले निर्णय गर्ने हो ।’

नयाँ लाइसनको विषय मन्त्रिपरिसद्ले निर्णय गरेको हुनाले मन्त्रीपरिसद्ले नै निर्ण गर्नुपर्यो भनेको महतको भनाई छ । ‘खोल्ने नखोल्ने, थप अध्ययन गर्ने नगर्ने त्यसको निर्णय त मन्त्रीपरिसद्ले गर्नु पर्यो नि’,महतले भने, ‘सेवनले पनि त्यहि किसिमले चिठि लेख्यो, अर्थ मन्त्रालय एउटा माध्यम मात्र हो ।’

सेवनले हामीले आवश्य अध्ययन गरिसकेको र खोल्ने नखोल्ने कुरा नेपाल सरकाले गरोस् भनेर चिठि लेखेको महतले बताए । त्यसमा नेपाल सरकार भनेको मन्त्रीपरिसद् भन्ने विझिने समेत महतले स्मरण गराए ।

‘त्यहि कुरा हामीले उहाँहरुलाई पठायौँ, फेरी त्यहि कुरा उहाँले हामीलाई नै के लेख्नु भयो भने एउटा अध्ययन टोली ति बाट प्रश्ताव ल्याईदिनु पर्यो भनेर ति(प्रधानमन्त्री)बाट प्रश्ताव आएको हुनाले हामीले एउटा कमिटि बनाईदियौँ’, महतले भने, ‘त्यो अध्ययन कमिटिले अध्ययन गर्दै होला, त्यो अध्ययनको रिपोर्टलाई फेरी के गर्ने भन्ने कुरा मन्त्रिपरिसद् कै हो ।’

सबै मन्त्रिपरिसद्को भुमिका भएकाले आफ्नो त्यसमा कुनै भुमिका नभएको महतको भनाई थियो । सबै कुरा प्रधानमन्त्रीको अधिनमा रहेको हुनाले आफुलाई आरोप लगाउन नमिल्ने भएको महतको भनाई छ ।

महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको समेत बताएका छन् । अर्थतन्त्रका सूचकहरु नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको समेत बताएका छन् ।

‘मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियोे, मेहनतका साथ लयमा ल्याएका थियौँ । नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ’, महतले भने, ‘अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ ।’

डा महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको बताए । ‘कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैंकको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको छ’, महतले भने, ‘अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ ।’ गत आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन १० प्रतिशतले बढ्नु सन्तोषजनक रहेको पनि उनले बताए ।

डा महतले न्यून बजेट विनियोजनमा बहुवर्षीय ठेक्का दिने चलनले बजेटरी प्रणालीमा समस्या सिर्जना गरेको बताए । राजस्व मुलुक र जनताको प्राथमिकतामा मात्रै खर्च गरिनुपर्छ भन्ने आफुले मान्यता स्थापित गरेको महतले बताए ।

महतले आगामी वैशाखमा हुने लागानी सम्मेलनमा धेरै लागानीकर्ता लगानी गर्न तयार रहेको बताउँदै उक्त सम्मेलनमार्फत धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने गरी आफूले काम गरेको बताए । पुँजीगत खर्चको प्रभावकारिता बढाउन, बजेट प्रणालीमा सुधार ल्याउन, रु तीन करोडभन्दा कम बजेटका आयोजना प्रदेश र स्थानीय तहले नै गर्न दिने गरी काम गरिरहेका थियौँ भन्दै डा महतले वैदेशिक लगानी भित्र्याउन कानुन परिमार्जनको काम अगाडि बढाएको बताए ।