Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकको म्यानेजमेन्ट समिट–२०२४ सम्पन्न

दिगो बैंकिङ्ग विकासका लागि दिशानिर्देश गर्ने

3.21K
shares

काठमाडौं, ३ चैत । राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको ‘ म्यानेजमेन्ट समिट–२०२४’ सम्पन्न भएको छ । बैंकले शनिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी उक्त कार्यक्रम सम्पन्न भएको छ । बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैंकले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनले सरकारहरु निरन्तरताका आधारमा संचालित हुुन्छन्, तिनका आधारमा नीतिहरु आधारभूतरुपमा परिवर्तन नहुने बताएका थिए । पुनले ऋण लिएर तिर्नुहु“दैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताएका थिए । बैंकिङ्ग क्षेत्र जनताको रकमबाट संचालित हुने भएकोले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्ने मन्त्री पुनको भनाइ थियो ।

यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंक विभिन्न परिसूचकहरुको आधारमा सबल रहेको बताउदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए । बैंकिङ्ग क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्ने अधिकारीको भनाई थियो । साना खराब कामले संस्थालाई असर गर्ने हु“दा सचेत भएर काम गर्नुपर्नेमा अधिकारीले जोड दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराएका थिए । राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको बताएका थिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताएका थिए । नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एशियाकै उत्कृष्ट बैंकिङ्ग क्षेत्र हुन सक्ने केसीले बताए ।

कार्यक्रममा अर्थविद् एवं माननीय डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहेको थियो ।