Dhulikhel Eco Banner new

नयाँ टिपर तथा मिनी टिपर दर्तामा ५० प्रतिशत छुट दिइने

2.15K
shares

काठमाडौं, ३ चैत । बागमती टिपर व्यवसायी संघले नयाँ टिपर तथा मिनी टिपरहरु दर्ता गर्दा छुट दिने निर्णय गरेको छ ।

बागमती टिपर व्यवसायी संघमा टिपर तथा मिनी टिपरहरु दर्ता गर्न छुट दिइने भएको हो । संघको फागुन २८ गते बसेको बैठकले यसरी दर्ता गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले जानकारी दिए । उनका अनुसार संघले सम्पुर्ण टिपर तथा मिनी ट्रक धनीहरुलाई संघमा दर्ताका लागि आउन आव्हान समेत गरेको छ । उनले अगामी चैत ३० गतेसम्म दर्ता गर्न सकिने जानकारी दिए ।

दर्तामा छुट गरेसँगै व्यवसायीहरुले टिपर दर्ता गर्दा सात हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै मिनी टिपर दर्तामा भने तीन हजार सात सय पचास रुपैयाँ तिर्नुपर्ने जनाइएको छ ।

सडक सुरक्षा, व्यवसायीहरुको हक, हित संरक्षण, दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ २०६६ सालमा स्थापना भएको बागमती टिपर व्यवसायी संघमा हालसम्म टिपर र मिनी टिपर गरेर एक हजार भन्दा बढी संख्यामा दर्ता भएका छन् ।