बुधबार झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब माथि
वि.सं.२०८० चैत ७ बुधवार १५:०७
shares

काठमाडौं, ६ चैत । बुधबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) घटेको छ । बुधबार नेप्से ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा कायम भएको छ ।
बुधबार कारोबार भने ३ अर्ब माथि गएको छ । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँ बराबरको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटक किनबेच भएको छ ।
आज ३०५ कम्पनीको शेयर किनबेच हुँदा १४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ९४ कम्पनीको शेयर मूल्य बढेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.३६ अंकले घटेर ३६८.०३ विन्दुमा कायम भएको छ । १३ वटा समुहमध्ये १० वाटा समुहको शेयर घटेको छ भने ३ समुहको शेयर मूल्य बढेको छ ।
कारोबारमा आएको दोस्रो दिन पनि सर्वोत्तम सिमेन्टको शेयरमा भने सकारात्म सर्किट हनेको छ । सर्वोत्तमको शेयर ६१.१० अंकले बढेर ६७२.७० विन्दुमा पुगेको छ ।















