GBIME

बैंकमा पैसा राख्ने सोच्नु भएको छ ? हेर्नुस् कुन बैंकको ब्याजदर कति छ

25.01K
shares

काठमाडौं, २ वैशाख । के तपाईले बैंकमा गएर फिस्कमा पैसा डिपोजिट गर्ने सोच्नु भएको छ ? यदि छ भने तपाईले ब्याजदर हेरेर निर्णय लिन सक्नु हुनेछ । केही महिना अघिसम्म मुद्दति निक्षेपमा निकै आकर्षक ब्याजदर थियो । तर, पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएका छन् ।

२०८१ सालको पहिलो महिना वैशाखामा नै पनि ‘क’ वर्गका बैंकहरुलेनिक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २ वटा क वर्गका बैंकले ब्याज बढाउदा ५ व टाले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी १३ वटाले घटाएका छन् ।

बैंकहरुले हरेक महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । कर्जाको ब्याजदर भने बेस रेट घटबढका आधारमा त्रैमासिक रुपमा घटबढ हुन्छ ।

तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

बैंकको नाम वैशाखका लागि मुद्दति निक्षेपको ब्याजदर
कृषि विकास ५.६६
एभरेष्ट
नेपाल ६.७५
लक्ष्मी सनराइज
माछापुच्छ्रे ७.२५
एनआईसी एसिया ७.७५
प्रभु
स्टान्डर्ड चार्टर्ड
राष्ट्रिय वाणिज्य ६.५५
नबिल ७.२५
ग्लोबल आईएमई
सिद्धार्थ ७.२५
प्राइम कमर्सियल ७.१०
कुमारी ७.११
सानिमा ७.१०
हिमालयन ७.५
नेपाल एसबीआई ६.५३
नेपाल इन्भेष्टमेन्ट
एनएमबी ७.९७
सिटिजन्स ७.५
औसत ७.०६