Dhulikhel Eco Banner new

अब एक हप्तासम्मको मौसम पूर्वानुमान गर्ने तयारी

5.8K
shares

काठमाडौं, ५ वैशाख । जल तथा मौसम विज्ञान विभागले अब एक हप्तासम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले अहिले तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ ।

एक हप्तासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसमजन्य विपतका घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको भनाइ छ । त्यसतै मौसम पूर्वानुमान हुँदा किसानलाई बाली लगाउन र भित्राउन पनि सहज हुने अपेक्षा गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर जगदिश्वर कर्माचार्यले बताएका छन् ।

अहिले विश्वव्यापी रूपमै एक हप्ताको अनुमान प्रभाकारी हुन थालेकोले त्यहीअनुसार गर्ने तयारी भइरहेको उनले बताए । प्राविधिक समस्या रहने भएकोले छिमेकी देश र अरू मौसमसम्बन्धी क्षेत्रीय सङ्गठनसँग सहकार्यका लागि छलफल भइरहेको पनि उनले जानकारी दिएका छन् ।

विपद् व्यवस्थापनविद् डाक्टर धर्मराज उप्रेतीले मौसमसम्बन्धी एक हप्तासम्मको पूर्वानुमान गर्दा मनसुजन्य विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।