सुनको मूल्य तोलामा १ हजार एकले घट्यो
वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:४३
4.58K
shares
shares

काठमाडौं, २१ वैशाख । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला १ लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३५ हजार चार सय निर्धारण भएको छ ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा १ लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा १ हजार छ सय ४५ निर्धारण भएको छ ।



















