राष्ट्र बैंकका ६ कार्यकारी निर्देशकको सरुवा, देवुकमार वित्तमा पुग्दा रामुलाई सुपरीवेक्षणको जिम्मा
वि.सं.२०८१ वैशाख ३० आइतवार १०:२९
shares

काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकका ६ कार्यकारी निर्देशकहरुको सरुवा भएको भएको छ । २८ वैशाखदेखि लागू हुने गरी ६ कार्यकारी निर्देशकहरुको जिम्बेवारी हेरफेर गरिएको हो ।
बैंक सुपरीवेक्षण विभागको कार्यकारी निर्देशक रहेका देवकुमार ढकालको वित्त व्यवस्थापन विभागमा सरुवा भएको छ भने वित्त व्यवस्थापनमा रहेका कार्यकारी निर्देशक रामु पौडेललाई सुरपरीवेक्षणको जिम्मा दिइएको छ ।
यसैगरी मानव संशाधन विभागको प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीलाई सूचना प्रविधि विभागमा पुर्याएर नरेश शाक्यलाई उनको ठाउँमा ल्याइएको छ ।
लघुवित्त सुपरीवेक्षण विभागको कार्यकारी निर्देशक रहेका रेवति प्रसाद नेपालको आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरेर उनको ठाउँमा कार्यकारी निर्देशक विमलराज खनाललाई ल्याएको छ ।


















