दलितका मुद्दालाइ मिडियाले प्राथमिकतामा राख्नुपर्ने सुझाव
वि.सं.२०७९ जेठ २० शुक्रवार १२:५५
shares

काठमाडौं, २० जेठ । मिडियामा दलितका मुद्दालाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
बिहीवार राजधानीमा नेपाल प्रेस काउन्सिल र क्रियाशिल दलित पत्रकार संघ नेपालद्वारा आयोजित गोष्ठीका वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायको मुद्दा राज्यको मुद्दा भएकोले संचारगृह सहित अन्य निकायले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
‘दलितको मुद्दा राज्यको मुद्दा हो, नेपाल प्रेस काउन्सिलले दलितको मुद्दामा संचार माध्यमलाई सचेत गराउने र अन्य गर्न सक्ने काम पनि काउन्सिलले गर्छ’ अध्यक्ष बस्नेतले भने । बस्नेतले पे्रस काउन्सिल र दलितको मुद्दा, दलितका मुद्दा र संचारगृह र सरकारसंग जोड्ने पुलको काम काउन्सिलले गर्ने बताए ।
कार्यक्रममार्फत संचारमाध्यमका नियमन निकाय र मिडिया सबैलाई जिम्मेवारीको लागि घचघचाउने गरी नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता जनाए । ‘यो श्रृख्लालाई निरन्तरता दिनेछौं’ उनले भने ।
सोही क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दलित समुदायवाट आएका पत्रकारको समावेशीताको लागि संरचना नै बनाएको जानकारी दिए । दलित समुदायको मुद्दालाई मिडियाले उठाएपनि प्राथमिकताको लागि आफ्नो कुरा मिडियालाई दलित आन्दोलनको जिम्मा रहेको बताए ।



















