Dhulikhel Eco Banner new

चार सयले घट्यो सुनको मूल्य

3.24K
shares

काठमाडौं, ३२ जेठ । स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।