Dhulikhel Eco Banner new

कोइरालाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी

3.21K
shares

काठमाडौं, ११८ असार । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा फोटो प्रदर्शनी आयोजना गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित प्रदर्शनीमा कोइरालाकोे राजनीतिक जीवनकालका स्मृति झल्काउने विभिन्न तस्बिर राखिएका छन्।

फोटो प्रदर्शनीको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेता पुगेका छन्। उनीहरूलाई सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतले स्वागत गरेका थिए।