Dhulikhel Eco Banner new

सोमबारको विदेशी मुद्रा विनिमय दर 

अमेरिकी डलरको खरिद दर रु.१५१.६२ र बिक्री दर रु.१५२.२२ — कुवेती दिनार सबैभन्दा महँगो, भारतीय रुपैयाँ शतकमा सीमित

793
shares
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु.१५१.६२ र बिक्रीदर रु.१५२.२२ कायम भएको छ।

खाडी मुलुकका मुद्राहरूमा कतारी रियाल एकको खरिददर रु.४१.६२ र युएई दिराम रु.४१.२८ कायम भएको छ। साउदी अरेबियन रियाल रु.४०.३८ र ओमनी रियाल रु.३९३.८० मा खरिद गरिने व्यवस्था मिलाइएको छ।

युरोपेली मुद्राहरूमध्ये ब्रिटिश पाउण्ड स्टर्लिङ रु.२०२.२८, स्विस फ्र्याङ्क रु.१९०.४१ र युरो रु.१७४.६८ मा खरिद गरिने छ। जापानी येन १० को खरिददर रु.९.४६ र चिनियाँ युआन रु.२२.४१ कायम गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर रु.१६० र बिक्रीदर रु.१६०.१५ तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।