Dhulikhel Eco Banner new

नेपालमा आज आंशिक बदली र बर्सातको सम्भावना

728
shares

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि वर्षासम्मको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने भए पनि बाँकी तराई भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ । बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि यस्तै अवस्था रहन सक्ने बताइएको छ ।

मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा भने आज तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति हिमाली भू–भागमा साधारणतया बादल र पहाडी भू–भागमा आंशिक बादल रहने भए पनि तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।