सहकारी छानबिन समितिले गृह सचिव र आईजीपीको बयान लिँदै
वि.सं.२०८१ असार २१ शुक्रवार १३:०१
4.41K
shares
shares

काठमाडौं, २१ असार । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृह सचिव र आईजीपीको बयान लिँदै छ।
शुक्रबार समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर बयानका लागि उपस्थित भएका छन्। समितिले सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका विषयमा छलफल गर्न उनीहरुलाई बोलाएको जनाएको छ।



















