Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल र नोभा हस्पिटल बिच नगद रहित नगदरहित सेवा सम्झौता

4.37K
shares

काठमाडौं, २१ असार । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख श्री संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत श्री गीता खत्रीले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नोभा हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस नगदरहित अस्पताल भर्ना प्राप्त गर्न सकिने छ ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख श्री संजीव जोशीले नोभा हस्पिटलले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस नगदरहित अस्पताल भर्ना सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गर्नुभयो ।