Dhulikhel Eco Banner new

एमालेले संसद् सचिवालयलाई गरायो सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी

3.5K
shares

काठमाडौं, २१ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराएको छ।

शुक्रबार प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता लिएको पत्र संसद सचिवालयलाई पठाएका हुन्। अब नेकपा ९एमाले० संसद्‍मा प्रतिपक्षमा रहने पनि बर्तौलाले जनाएका छन्।

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको बर्तौलाको भनाइ छ।