Dhulikhel Eco Banner new

एशोसिएसनका पदाधिकारीहरुबाट नवनियुक्त अर्थमन्त्रीलाई शुभकामना तथा बधाई

3.42K
shares

काठमाडौं, १ साउन । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको तर्फबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा एशोसिएसनका पदाधिकारीहरुबाट नवनियुक्त अर्थमन्त्री माननीय विष्णु पौडेललाई भेटी बधाई तथा शुभकामना प्रदान गरिएको छ ।

सिंहदरबार स्थित मन्त्रीज्यूको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालज्यूले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै मन्त्रीको सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे ।

यसैगरी मन्त्रीले पूँजी बजारको प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताएका छन् ।