बैंकिङ कारोबार ठप्प भनेर कसले हल्ला फैलायो ?
वि.सं.२०८१ साउन ४ शुक्रवार १५:०८
shares

काठमाडौं, ४ साउन । बैंक तथा वित्तीय संस्थामा साइबर आक्रामण भएको भन्दै केही व्यक्तिहरुले सामाजिक सञ्जालमा पोष्ट गरे । फेसवुकमा पोष्ट गर्नेहरुले बैंकिङ प्रणालीमा साइबर हमला भएको मात्रै भनेनन् बैंकिङ कारोबार ठप्प नै भएको हावादारी हल्ला फैलाए ।
यस्तो हावादारी हल्ला फैलाउने अग्रपंक्तिमा थिए, तिलक कोइराला । पूर्व पत्रकार समेत रहेका कोइराला शेयर लगानीकर्ता हुन् । उनी केही वर्ष पहिले शेयर बजार सुधार र विस्तारका लागि भन्दै आमरण अनसन बसेर चर्चामा आएका थिए ।
उनीसँगै अनसन बसेर चर्चा कमाए हरि ढकाल चितवनबाट चुनाव जितेर प्रतिनिधि सभा सांसद छन् । कोइराला भने अपुष्ट सूचनाका भरमा उट्पट्याङ स्टाटसहरु फेसवुकमा पोस्ट गर्दै बस्ने गरेका छन् ।
शुक्रबार बैंकिङ कारोबार ठप्प भनेर अफवाह फैलाएपछि सामाजिक सञ्जालमै उनीविरुद्ध गालीको वर्षात भएको छ । बैंकर मनोज ज्ञवालीले उनले लेखेको हावादारी पोष्टमा गएर फेसवुकमा लेख्नु अद्धि तथ्य बुझ्न अनुरोध गरेका छन् ।
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताे ५ हजार साथी भएको सञ्जालबाट बेतुकको पोष्ट गर्दा पर्ने असर केहो भनेर उनलाई सम्झाएका छन् । हरिचन्द्र अधिकारीले उनलाई प्रश्न गरेका छन्, ‘यति धेरै फटाहा बोल्न कसले सिकायो ?’
कोइराला जस्तै यस्तो हावादारी पोष्ट गर्ने अरु प्रयोगकर्ताहरु पनि छन् । यद्यपि, यो पोष्टमा कुनै सत्यता भने छैन । शुक्रबार विश्वव्यापी रुपमा माइक्रोफ्टमा भने समस्या आएको हो । माइक्रोसफ्टमा आएको समस्यापछि यस्ता अफवाहरु फैलाउने क्रम सुरु भएको हो ।



















