हामीले जहाँ जहाँ प्रश्न उठायौं, तिनले पुरस्कार पाए : रवि लामिछाने
वि.सं.२०८१ साउन ६ आइतवार १६:२८
shares

काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले सरकारले सुरुवातमै देखाएका संकेतहरुले आफूहरूलाई झस्काएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै लामिछानेले आफ्नो कार्यकालमा विभिन्न भ्रष्टाचारबारे अनुसन्धान सुरु गरेकोमा त्यसलाई ‘स्टन्ट’ भनेकोमा आपत्ति जनाए । उनले भने, ‘स्टन्ट होइन, हामी त्यसलाई आँट, विधि र साहस भन्छौँ ।’
उनले सात बुँदेमध्ये चौथो बुँदामा मात्र केन्द्रित हुने त होइन भनेर प्रश्न गरे । उनले आफू सरकारमा गएको ५ महिनामा देशको हरिबिजोग बनाएको हो भन्दै ३४ वर्षमा देशमा सत्तामा बसेकाहरूले बिग्रेको देशको जिम्मा लिनुपर्ने बताए ।
‘हामीले बालमन्दिरको विषय उठायौं, त्यहाँ पनि पुरस्कार । स्काउटको विषय हामीले उठायौं, फेरि मन्त्रिमण्डल हे¥यौं’ उनले अगाडि भने, ‘जहाँजहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’
मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले जजसको विषय उठाएको थियो, उनीहरुलाई पुरस्कार दिएको देखिएको बताए । ‘नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ’ परराष्ट्रमन्त्री आरजु देउवा राणातर्फ संकेत गर्दै उनले भने ।
‘



















