Dhulikhel Eco Banner new

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

4.02K
shares

काठमाडौं, ११ साउन । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । गएराति उपचारका क्रममा उनको निधन भएको हो ।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।

मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट विजयी भएका थिए । उनले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेका थिए ।