Dhulikhel Eco Banner new

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने

4.47K
shares

काठमाडौं, २० साउन । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कर्पोरेट कार्यालय, नक्साल, काठमाडौंमा १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले प्रिमियम वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने निर्णय गर्नका लागि भदौ ४ गते विशेष साधारण सभा बोलाएको छ ।आईपीओ निष्कासन र नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।