Dhulikhel Eco Banner new

१० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा

3.69K
shares

काठमाडौं, २१ साउन । नबिल बैंक लिमिटेडको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा सामान्य बढेको छ।

बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो ।

बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ । अघिल्लो पटक यस्तो कर्जा कुल कर्जामा १.१८ प्रतिशत रहेकोमा अहिले १.०७ प्रतिशत छ । त्यस्तै सीडी रेसियो ८३ प्रतिशत छ । यसले बैंक थप लगानी गर्नका लागि स्रोत पर्याप्ततामा रहेको जनाउँछ ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। सोही अवधिमा बैंकको आम्दानी २ रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेको छ भने कमिशन आम्दानी १२.०४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत झरेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २२ करोडमा सीमित भएको छ।