Dhulikhel Eco Banner new

वितरण योग्य मूनाफामा नम्वर वान बन्यो नबिल बैंक, चार बैंक बने सबैभन्दा कमजोर

4.04K
shares

काठमाडौं, २२ साउन । २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा हुने बैंक नबिल रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.०३ प्रतिशतले बढी हो ।

धेरै वितरणयोग्य नाफा हुने दोस्रो बैंक एभरेष्ट हो । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.५० प्रतिशतले कम हो । यस्तै कृषि विकास बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड २८ लाख रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.१९ प्रतिशतले बढी हो ।

प्रभु बैंक र प्राइम बैंकको वितरणयोग्य नाफा गत आवमा क्रमशः १ अर्ब २२ करोड ३९ लाख र १ अर्ब १९ करोड ९६ लाख रुपैयाँ रहेको छ ।नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा ५.५८ प्रतिशतले बढेर १ अर्ब १३ करोड २ लाख, नेपाल बैंकको १९६२५.६४ प्रतिशतले बढेर ७६ करोड ९३ लाख र राष्ट्रिय वाणिज्य बैंकको ८२.८२ प्रतिशतले बढेर ५८ करोड २१ लाख रूपैयाँ कायम भएको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा ७.८० प्रतिशतले घटेर २ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सानिमा बैंकको वितरणयोग्य नाफा ३६.२४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकको २५.५३ प्रतिशतले घटेर १ अर्ब २८ करोड ७१ लाख र ग्लोबल आइएमई बैंकको ६५.९४ प्रतिशतले घटेर १ अर्ब १० करोड ४६ लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।

यसैगरी सिटिजन्स बैंकको २७.२६ प्रतिशतले घटेर ६१ करोड ६१ लाख, माछापुच्छ्रे बैंकको ६७.८० प्रतिशतले घटेर ४६ करोड ६४ लाख, सिद्धार्थ बैंकको ४४.७६ प्रतिशतले घटेर ३६ करोड ६६ लाख र एनएमबि बैंकको ७.०५ प्रतिशतले घटेर २३ करोड ९० लाख रुपैयाँ वितरणयोग्य नाफा कायम भएको छ ।

वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको १५ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकहरुको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको छ ।

वाणिज्य बैंकहरुमध्ये ५ वटा बैंकको वितरणयोग्य नाफा बढेको छ भने ९ वटाको घटेको छ । चार वटा बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् । लाभांश दिन नसक्ने बैंकहरू एनआईसी एशिया बैंक, एनआईएमबि बैंक, कुमारी बैंक र हिमालयन बैंक हुन् । यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।