Dhulikhel Eco Banner new

नेप्से ३ अंकले बढ्दा यी कम्पनीको मूल्य भने अत्यधिक बढ्यो

3.56K
shares

काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढे पनि केही कम्पनीहरुको शेयर मूल्य अत्यधिक बढेको छ । एकै दिन १० प्रतिशत भन्दा बढी शेयर मूल्य बढ्न पाउदैन । बढ्न पाउने अधिकतम सीमा अर्थात १० प्रतिशतले बढ्नेमा ३ कम्पनीहरु लिबर्टी इनर्जी, हिमालय र मिड सोलुु हाइड्रोपावर देखिएका छन् ।

लिबर्टीको बुधबार १० प्रतिशत अर्थात २८.३० रुपैयाँले बढेर शेयर मूल्य ३११.३० पैसा पुुगेको छ । यसैगरी हिमालयको ४२ रुपैयाँले बढेर ४६२ रुपैयाँ र मिड सोलुको शेयर मूल्य ९०.५० रुपैयाँले बढेर ९९५.६० रुपैयाँ पुुगेको छ ।

आज धेरै कमाउनेको चौथो नम्बरमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरु देखिएका छन् । आत्मनिर्भरको शेयर मूल्य बुधबार ३७५.७० रुपैयाँले बढेर ४ हजार १४० रुपैयाँ पुुगेको छ । धेरै कमाउनेको शीर्ष ५ नम्बरमा देखिएको माइखोलाको शेयर मूल्य ५९ रुपैयाँले बढेर ६५३ रुपैयाँ पुुगेको छ ।