Dhulikhel Eco Banner new

यी ५ कम्पनी जसले आज धेरै गुमाए

3.63K
shares

काठमाडौं, १२ भदौ । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्टको मूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेर प्रति कित्ता ६९० रूपैयाँमा झरेको छ।

दोस्रोमा भने स्वरोजगार लघुवित्तको मूल्य ५.१६ प्रतिशतले घटेर प्रति कित्ता १,०६६ रूपैयाँमा झरेको छ। तेस्रोमा अपर सोलु हाइड्रोपावर कम्पनीको मूल्य ५.१६ प्रतिशतले घटेर प्रति कित्ता ५०० रूपैयाँमा झरेको छ ।

चौथोमा बहुउद्देश्यीय वित्त कम्पनी लिमिटेड ४.९४ प्रतिशतले घटेर प्रति कित्ता ७७० रूपैयाँमा झरेको छ। अन्त्यमा नबिल सन्तुलित कोष ३ को मूल्य ४.८५ प्रतिशतले घटेर प्रति कित्ता ९.४२ रूपैयाँमा झरेको छ।