Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

2.54K
shares

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

२१ दिनका लागि तान्न लागेको उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गर्ने राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले घटीमा १० करोड रुपैयाँ राख्ने गरी अनलाइन फारम भर्न पाउने छन् ।

बैंकहरूमा अहिले ७ खर्बभन्दा बढी रकम कर्जा लगानीका लागि छ । तर कर्जाको माग नभएपछि बजारको सन्तुलन कायम गर्न राष्ट्र बैंकले बेलाबेला निक्षेप खिच्दै आएको छ ।