सिभिल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७९ जेठ २४ मंगलवार १०:००
shares

काठमाडौं, २४ जेठ । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको २१ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ ।
कम्पनीले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता शेयर बिक्रीका लागि मंगलवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ७०० तोकिएको छ ।
यसअघि कम्पनीले गत वैशाख २० गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर बिक्री खुला गर्दा आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि यो शेयर जारी गरिएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय चावहिल, काठमाडौंमा पेश निवेदन गर्नु पर्नेछ ।















